पोखरा । गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले आफ्नै मन्त्रालयका कर्मचारी माथि हातपात गरेका छन् । उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ ।
अधिकृत ओझाले आफूमाथि अमर्यादित व्यवहार भएको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रमुख सचिव रविलाल पन्थ लगायतलाई जानकारी गराएका छन्।
श्रोतका अनुसार मंगलबार मन्त्री मनाङे र शाखा अधिकृत ओझावीच खटपट भएको थियो।
भनाभन हुँदा अमर्यादित व्यवहार भएको भनेर आफूहरुलाई जानकारी आएको प्रमुख सचिव पन्थले बताए। बाग्लुङबाट फर्कंदै भएकाले पोखरा आइसकेपछि मात्र वास्तविकता थाहा हुने उनको भनाइ छ।
मंगलबार उक्त घटना भएपछि ओझा बुधबार बिदामा बसेका छन्। उनको मोबाइल अफ छ।