• श्रावण १७ २०८३, आईतवार

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

चैत्र २३ २०७८, बुधबार

भक्तपुर। चाँगुनारायण नगरपालिका-६ नगरकोट गैरीगाउँबाट कौडा खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।

नगरकोट गैरीगाउँ बस्ने ३७ वर्षीय मन बहादुर तामाङको न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलबाट कौडा खेलिरहेको अवस्थामा मन बहादुर सहित १३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।

उक्त होटलमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरूलाई नगद ८ लाख २२ हजार ६० रूपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।