काठमाडौं । स्वर्गीय पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ‘सहयात्रा-अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान २०२२’ ले सम्मान गरिएको छ ।
सहयात्रा नामक संस्थाले यहाँ आज सम्मान कार्यक्रमको आयोजना गरी अधिकारकर्मी स्व रेशमबहादुर सुनारको स्मृतिमा स्थापित सो सम्मान तथा पुरस्कार स्व. विश्वकर्मालाई प्रदान गरेको हो । पुरस्कारको राशि रु ५१ हजार रहेको छ ।
टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एलबी विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि गत माघ ६ गते ललितपुरस्थित पाटन अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले स्व पत्रकार विश्वकर्माको परिवारलाई पुरस्कार हस्तान्तरण गर्दै स्व एलबीको परिवारलाई राहत तथा सहयोगका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।