काठमाडौं । गायक राजु लामा र नायिका दिया पुनले सगरमाथा आरोहण गर्ने भएका छन् ।
मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका गायक लामा र नायिका पुनलाई बिदाइ गरेका हुन् ।
मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।