• बैशाख २२ २०८३, मंगलवार

विभेदविरुद्ध सडक र संसद् लडाइँ गर्नु पर्ने आवश्यकता : उपेन्द्र यादव

चैत्र २० २०७८, आईतवार

सप्तरी ।  जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले विभेद राष्ट्र निर्माणका लागि बाधक रहेको बताएका छन् ।

यादवले सप्तरीको सडक योजनाको शिलान्यास गर्ने क्रममा  जातीय र वर्गीय आधारमा भइरहेको विभेदविरुद्ध सडक र संसद् लडाइँ गर्नु पर्ने आवश्यकता रहेको बताएका हुन् ।

अध्यक्ष यादवले भने, ‘जबसम्म देशका सबै जनतालाई समान अधिकार र व्यवहारको वातावरण बन्दैन तबसम्म संघर्ष जारी रहन्छ ।’