• बैशाख २२ २०८३, मंगलवार

माधव नेपालसहितका १४ सांसदको मुद्दा ‘हेर्न नमिल्ने’मा

चैत्र २० २०७८, आईतवार

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आइतबार सुनुवाइ नहुने भएको छ ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् ।

सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेकाले अहिले उनीसमेत विपक्षी भएको रिटको सुनुवाइ गर्न नमिल्ने भनी न्यायाधीश सुवेदीले इजलासमा जानकारी गराएका स्रोतले बताएको छ । उक्त्त मुद्दामा अब कहिले फैसला हुने भन्ने टुंगो छैन।