• बैशाख २२ २०८३, मंगलवार

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

चैत्र १९ २०७८, शनिबार

काठमाडौँ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा शनिबार अपरान्ह दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता सुरु भएको हो ।

प्रधानमन्त्री देउवा र मोदीबीचको ‘वान अन वान’ वार्ता कम्तीमा आधा घण्टा चल्ने बताइएको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर फूलगुच्छा अर्पण गरेका थिए ।

द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल सुरुआत गर्ने कार्यक्रम छ । त्यस्तै नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दाबढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ । नेपालमा उत्पादित र नेपाललाई आवश्यकताभन्दा बढी भएको विद्युत् खरिदका विषयमा सम्झौताका लागि द्विपक्षीय छलफल हुनेछ ।