काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज (शुक्रबार) सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय आज सार्वजनिक गरेका हुन् ।
सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुईदेशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको छ ।
कार्कीले प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणले नेपाल र भारतको बीचमा सदियौँदेखि रहँदै आएको सम्बन्ध थप प्रगाढ हुने बताए ।
बैठकले उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी जानकारी दिए ।

