काठमाडौँ। मुड्खु–ककनी सडकखण्ड कालोपत्रको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेका छन् । शुक्रबार तीनपिप्लेमा भेला भएर सडक अवरुद्ध गरेका हुन् ।
स्थानीयको अवरोधका कारण नुवाकोटतर्फ जाने फोहोरका टिपरहरूलाई तीनपिप्लेबाटै फिर्ता पठाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
यस्तै, ललितपुरको हरिसिद्धिबाट गोदावरी जाने–आउने सवारीसाधनलाई आज पनि क्यान्सर अस्पताल–सानागाउँ–इमाडोल–ग्वार्को हुँदै सञ्चालन गरिएको छ। उक्त स्थानमा सडक मर्मतका कारण सवारीसाधनलाई डाइभर्सन गरिएको जनाइएको छ ।
फाइल फोटो