• बैशाख २२ २०८३, मंगलवार

नेपाली गरिब हुनुका कारण प्रत्येक जनताले उत्तर नेतासँग खोज्नुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमल्सिना

चैत्र १७ २०७८, बिहीबार

पाल्पा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नेपाली गरिब हुनुका कारण प्रत्येक जनताले उत्तर नेतासँग खोज्नुपर्ने बताएका छन् ।

पाल्पाको तानसेन नगरपालिका र लुम्बिनी गार्डेन फाउन्डेसन, स्पेनबीच साझेदारीपत्रमा हस्ताक्षर कार्यक्रममा अध्यक्ष तिमल्सिनाले प्राकृतिक सम्पदाले सम्पन्न देश भएर पनि गरिब हुनुपर्ने बताउदै उनले देशलाई सधैँ हात थाप्ने मात्र होइन अब विकसित र समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा जुट्नुपर्ने बताए।

उनले नेपाल गरिब हुनुमा हामीले राणा, राजा निरङ्कुशता र बहुदललाई दोष दिएको चर्चा गर्दै देशमा जननिर्वाचित प्रतिनिधिबाट संविधान निर्माणपछि विकास समृद्धिको अभियानकै रूपमा अघि बढाउनुपर्ने बताए।

नेपालमा प्रशस्त रोजगारीका अवसर सिर्जना गरी गरिबीको अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ थियो।