• बैशाख २६ २०८३, शनिबार

माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु

चैत्र १७ २०७८, बिहीबार

डोटी । डोटीमा  आज (बिहीवार)माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक किशोरको ज्यान गएको छ ।

केआईसिंह गाउँपालिका ४ कारीगाउँका १३ वर्षीय दिनेश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कान्तिराज जोशीले जानकारी दिए ।

आज बिहान घर पोत्नका लागि माटो लिन गएका उनी माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर घाइते भएका थिए । उनकाे उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लगिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।