काठमाडौं । स्थानीय तह निर्वाचनमा सबै मतगणनास्थलमा सीसीटीभीको व्यवस्था गरिने भएको छ ।
निर्वाचन आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी दिएको हो । स्थानीय तहले सीसीटीभी राख्ने र आयोगले मनिटरिङ गर्नेछ ।
यस्तै, निर्वाचनका लागि २ करोड मतपत्र छापिने जनाउँदै आयोगले आज आयुक्तहरुले प्रेसको अनुगमन गरेको समेत जनाएको छ ।