• बैशाख २२ २०८३, मंगलवार

गठबन्धन बैठक : स्थानीय निर्वाचनमा एकतावद्ध भएर जाने निर्णय

चैत्र १७ २०७८, बिहीबार

काठमाडौँ। सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको हो ।

त्यस्तै बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्ने अधिकार तल्ला तहमा दिने निर्णय पनि गरेको छ।

चुनावी तालमेलका बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने सहमति भएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए।