• बैशाख २२ २०८३, मंगलवार

तेजाव र यौन हिंसाविरूद्ध अध्यादेश ल्याउने सरकारको निर्णय

चैत्र १७ २०७८, बिहीबार

काठमाडौं । सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । यी अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जारी गर्नेछिन्।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही समयअघि निष्कृय भएका थिए ।