• बैशाख २२ २०८३, मंगलवार

३ डिआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

चैत्र १७ २०७८, बिहीबार

काठमाडौँ। सरकारले तीन प्रहरी नायव महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले डिआइजीहरु बसन्त पन्त, रविन्द्र धानुक र धीरजप्रताप सिंहलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको हो।
लोकसेवा आयोगले तीन डीआईजीलाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई हिजो मात्रै सदर गरेको थियो। लोकसेवाको अनुमतिसँगै सरकारले उनीहरुलाई बढुवा गरको हो।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले चैत १ मा डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धिरजप्रताप सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो।

तर वरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीले लोकसेवा आयोगमा उजुरी दिएका थिए।