• बैशाख २६ २०८३, शनिबार

‘प्रधानसेनापति ट्रफी–२०७८’ आजदेखि शुरु

चैत्र १६ २०७८, बुधबार

काठमाडाैं । ‘प्रधानसेनापति ट्रफी–२०७८’ आजदेखि शुरु भएको छ । नेपाली सेनाका चार वटै कमाण्ड, पाँच वटा बाहिनी र विशेष फौज बाहिनी सहभागी रहेको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा उद्घाटन गरे ।

आजदेखि सुरु भएको सो प्रतियोगिता वैशाख २ गतेसम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, दौड, सुटिङ र आर्चरी विधा समेटिएको छ। सेनाले सङ्गठनभित्र उत्कृष्ट खेलाडी उत्पादन गर्ने अभिप्रायले ‘स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विसं २०६५ सालदेखि यो प्रतियोगिता आयोजना गरेको हो।