• बैशाख २२ २०८३, मंगलवार

कुन पार्टीले के गरिरहेको छ, जनताले त्यसको लेखाजोखा गर्ने बेला आयो : नेता सिंह

चैत्र १६ २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कुन पार्टीले के गरिरहेको छ, त्यसको जनताले लेखाजोखा गर्ने बेला आएको बताएका छन् ।

बुधबार राजधानीको बुद्धनगरमा आयोजित स्थानीय नागरिकहरुसँगको भेटघाटका क्रममा नेता सिंहले कस्ले कुन समयमा देश र जनताका लागि के गर्यो यसको सहि मुल्यांकन गर्नु पर्ने भन्दै क्षणभरका घटनाका क्रम मात्रै नभई बिगतको पनि समीक्षा गरेर आफ्नो मत दिन समेत मतदातालाई आग्रह गरेका छन्।

उनले स्थानीय आवश्यकताका आधारमा गठबन्धनभित्रका दलहरुबीच तालमेल गरेर जानू पर्ने बताए । नेता सिंहले गठबन्धनको ओैचित्य अझै नसकिएकाले कहाँ कसरी तालमेल गर्ने बिषयमा छिट्टै दलहरु बसेर मोडालिटी तय गरी तालमेल गरेर जानू पर्नेमा जोड दिए ।

कांग्रेसको संसदमा उपस्थिति कस्तो थियो, कसरी कस्का कारण कांग्रेसको नेतृत्वमा सरकार निर्माण भयो यी सबै कुरा सबैले ख्याल राख्नु पर्ने बताउँदै उनले के अब गठबन्धनको ओैचित्य सकिएको हो त ? भन्दै वास्तबिकता को धरातलमा उभिन सबैलाई अपिल गरेका छन् ।

नेता सिंहले अब महानगरबासिले जनताले तिरेको कर बैंकमा जम्मा गरेर ब्याज खाने खालको मेयर छान्ने कि जनताको करबाट रहरलाग्दो शहर बनाउने मेयर छान्ने भन्ने फैसला गर्ने बेला आएकाले त्यसलाई गम्भीरता साथ सोचेर निर्णय लिन समेत काठमाडौं महानगरबासिलाई अपिल गरे ।