• बैशाख २४ २०८३, बिहीबार

दार्चुलामा भारतसँग सीमा जोडिएका सबै नाकामा उच्च निगरानी थालियो

चैत्र १५ २०७८, मंगलवार

काठमाडौं । दार्चुलामा भारतसँग सीमा जोडिएका दार्चुलाका सबै नाकामा उच्च निगरानी थालिएको छ।

सशस्त्र प्रहरी बल दार्चुलाले आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर दार्चुलाका सबै सीमा नाकामा निगरानी बढाएको हो ।

सशस्त्र प्रहरी बल ४४ नम्वर गणका गणपति त्रिभुवन विष्टले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको बताए। “मातहतका सबै युनिटलाई आवश्यकता अनुसार परिचालन गरी सबै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ” गणका प्रमुख विष्टले भने, “सीमित स्रोतसाधन र जनशक्तिलाई पूर्ण रुपमा सदुपयोग गरी सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ।”

सो अन्तर्गत जिल्लामा अहिले लाली, जौलजिवी, दुमलिङ, छाङरु, पुलघाट ,दत्तु क्षेत्रमा रहेको विओपिहरु मार्फत उच्च निगरानी बढाइएको सशस्त्र प्रहरी बल ४४ नम्वर गण दार्चुलाले जनाएको छ।