गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विकास निर्माणमा सङ्घीयतालाई मजबुत बनाउन प्रदेश सरकारलाई स्रोत र साधनयुक्त बनाउनुपर्ने बताएका छन् ।
काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४९औँ बैठकमा उनले विकास निर्माण तथा अन्य क्षेत्रमा झेल्नुपरेका समस्याबारे चर्चा गर्दै सम्भावित उद्योगको सञ्चालनमा सङ्घीय सरकारको ध्यानाकर्षण गराए ।
प्रदेश विकास समस्या समाधान समितिको बैठकबाट राष्ट्रिय विकास समस्या समाधान समितिमा पेस गर्न निर्णय भएका विषयलाई नै मुख्यमन्त्री पोखरेलले बैठकमा राखेका हुन् ।