• बैशाख २४ २०८३, बिहीबार

तनहुँमा डिजेल बोकेको ट्यांकर दुर्घटना, चुहिएको तेल भर्न स्थानीयहरुको तँछाड मछाड

चैत्र १५ २०७८, मंगलवार

काठमाडौं । पोखरा जाँदै गरेको इन्धनको ट्यांकर तनहुँमा दुर्घटनामा परेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको निगमले जनाएको छ ।

२० हजार लिटर डिजेल बोकेर बाराको अमलेखगञ्जबाट इन्धन पोखरा जाँदै गरेको ट्यांकर तनहुँको बन्दीपुर गाउँपालिका नयाँबस्तीमा मंगलबार सडक छेउको खोल्सा नजिक पल्टिएर दुर्घटना भएको नेपाल आयल निगमले जनाएको छ ।

दुर्घटनामा परेको ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न अहिले स्थानीयहरु तँछाड मछाड गरिहेका छन् । बाल्टी र ग्यालिन बोकेर ट्यांकरबाट चुहिएको तेल भर्न मानिसको लाइन लागेको भिडियो सामाजिक सञ्जालनमा अहिले भाइरल बनेको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्ययले अति प्रज्वलनशिल पेट्रोलियम पदार्थ संकलन गरिनु जोखिम हुने भन्दै तेल नउठाउन स्थानीयलाई आग्रह गरे ।