• बैशाख २२ २०८३, मंगलवार

राष्ट्रवादको कुरा उठाएर नेपाल-भारत सम्बन्ध बिगार्ने काम गर्न हुँदैन : डा. बराल

चैत्र १५ २०७८, मंगलवार

काठमाडौं । परराष्ट्रविद् एवम् पूर्वराजदूत प्रा.डा. लोकराज बरालले राष्ट्रवादको कुरा उठाएर नेपाल-भारत सम्बन्ध बिगार्ने काम गर्न नहुने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लव नेपालले काठमाडौँमा गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल हुने दाबी गर्दै अहिलेकोपरिवेशमा भारत भ्रमण हुन लाग्नु आफैँमा सुखद् संकेत भएको र यसले देशबीचको सम्बन्धमा गतिशिलता दिने हुनाले राष्ट्रवादको कुरा उठाएर सम्बन्ध बिगार्ने काम गर्न नहुने धारणा राखे ।

डा. बरालले नेपाल–भारत सम्बन्ध भन्नेबित्तिकै यसका बहुआयामिक सम्बन्ध रहेको उल्लेख गरे। भूगोलले पनि नेपालको परराष्ट्र नीतिलाई निर्धारण गरेको उनको भनाइ छ ।