• बैशाख २४ २०८३, बिहीबार

विश्वकै प्रदूषित सहरमध्ये काठमाडौं छैठौँ नम्बरमा

चैत्र १५ २०७८, मंगलवार

काठमाडौँ। विश्वकै प्रदूषित सहरमध्ये राजधानी काठमाडौं छैठौँ स्थानमा परेको छ। वायुको अनुगमन गर्ने स्वीस कम्पनी आइक्युएयरले सार्वजनिक गरेको सूचीमा राजधानी काठमाडौं विश्वको छैठौँ प्रदूषित सहर बनेको छ। विश्वकै प्रदूषित देशको सूचीमा नेपाल १० औँ स्थानमा छ। काठमाडौं उपत्यका धेरै प्रदूषित रहेको देखिएको छ।

काठमाडौंमा हावाको गुणस्तर अस्वस्थकर रहेको छ। मंगलबार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ६१ रहेको छ। सोमबार दिउँसो काठमाडौंको एक्यूआई १ सय ६७ रहेको थियो। सामान्यतया ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ।

एक सय ५० भन्दा माथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ। काठमाडौंको आकाश मंगलबार पनि धुम्मिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ।

मौसमविद् हिरा भट्टराईका अनुसार अझै एक–दुई दिन मैसम खुल्ने सम्भावना न्यून रहेको छ। जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ। पानी नपरे यो अवस्था अझै बढ्नसक्छ। पानी नपर्दासम्म मौसम खुल्न नसक्ने उनको भनाइ छ।

गत वर्ष पनि नेपालमा वायु प्रदूषणको मात्रा बढी भएका कारण विद्यालय बन्द नै गर्नुपरेको थियो।