• बैशाख २४ २०८३, बिहीबार

विवेकशील साझा पार्टी कार्यालयमा तनाव

चैत्र १५ २०७८, मंगलवार

काठमाडौँ। विवेकशील साझा पार्टी कार्यालमा दुइ पक्षबीच तनाव सिर्जना भएको छ। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र विरोधी पक्षले पार्टी केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलन गर्न खोजेपछि तनावको स्थिति सिर्जना भएको हो ।

असन्तुष्ट पक्षले सोमबार बैठक गरेर अध्यक्ष मिश्रलाई किन कारबाही नगर्ने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय बखुण्डोलमा ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

सोही कार्यक्रम रोक्न अध्यक्ष मिश्र पक्षले कर्मचारी बाहेक अन्यका लागि पार्टी केन्द्रीय कार्यालय बन्द गरेको सूचना जारी गरेको छ । अनधिकृत व्यक्तिहरुले कार्यक्रम गर्न खोजेको र त्यसको कारण उत्पन्न जोखिमलाई ध्यानमा राखी अनिश्चितकालका लागि कार्यालय बन्द गरेको सूचनामा उल्लेख छ ।

कार्यालय बन्द गरेपछि असन्तुष्ट पक्षका नेता कार्यकर्ताहरुले विरोध जनाएका छन् । त्यस क्रममा नाराबाजी समेत भएको थियो ।असहज स्थिति उत्पन्न भएपछि अहिले कार्यालय परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।