• बैशाख २४ २०८३, बिहीबार

देशभरका ठकुरीहरु बुटवलमा भेला हुँदै

चैत्र १५ २०७८, मंगलवार

काठमाडौं । ठकुरी समाज महासंघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन यही चैत्र १९ र २० रुपन्देहीको बुटवलमा हुन गइरहेको छ ।
अधिवेशनमा अहभागीता जनाउनका लागि महासंघले ठकुरी समुदायलाई अपील गरेको छ । महाधिवेशनमा सबै जिल्लाबाट जिल्ला प्रतिनिधि र पर्यवेक्षकहरुले सहभागीता जनाउने सचिव रुद्रराज सिंहले जानकारी दिए ।

‘जातीय विविधता सहितको एकता, ठकुरी जातीय पहिचानको सुनिश्चितता’ भन्ने नारा सहित सुरु हुन गएको सो महाधिवेशनमा ठकुरी जातिको पहिचान झल्कने भेषभूषाहरु पनि प्रदर्शन गरिनेछ ।