काठमाडाैं । धनुषा कमला नगरपालिका–२ घर भई जनकपुर उपमहानरपालिका–१६ बस्ने ध्रुव कुमार मण्डलकी ४ बर्षीया छोरी अपहरण गरी १५ लाख फिरौती माग्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा नगरपालिका–३ सिजियाहीका २१ बर्षीय अरविन्द मुखिया, जनकपुर उपमहानरपालिका–१ का २१ बर्षीय रविकुमार दास र कमलामाई नगरपालिका–८ सोनापाराका २० बर्षीय अभिषेकचन्द्र दास छन् ।
उनीहरुले योजना बनाएर चैत १० गते अपहरण गरेर परिवारलाई १५ लाख रुपैयाँ फिरौती माग गरेका थिए ।
मधेश प्रदेश प्रहरी कार्यालय, संघिय प्रहरी इकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेको टोलीले अन्य २ जनालाई नियन्त्रणमा अपरेशन चलाएको थियो ।