• बैशाख २२ २०८३, मंगलवार

प्रचण्ड र माधव नेपाललाई जिताएर ओलीलाई हराउनु पर्छ : नेता पौडेल

चैत्र १४ २०७८, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले र केपी शर्मा ओलीलाई साइजमा राख्न पनि गठबन्धन आवश्यक भएको बताएका छन् ।

सोमबार पार्टीको जारी केन्द्रीय समिति बैठकमा पौडेलले यस्तो धारणा राखेका हुन् ।

उनले अहिलेको लडाइँ नै एमालेसँग भएको बताउँदै भने, “अहिले ओलीलाई बलियो बनाउन हुँदैन । प्रचण्ड र माधव नेपाललाई हामीले मत दिएर पनि राख्नुपर्छ । ओलीलाई साइजमा राख्नुपर्छ । नभए लोकतन्त्र संकटमा पर्छ ।”

कांग्रेसभित्र चुनावमा गठबन्धन गरेर जाने वा एक्लै प्रतिस्पर्धा गर्ने भन्नेमा मतभेद देखिएको छ। सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा छन् भने शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा छन् ।तर पौडेलले भने गठबन्धन आवश्यक भएको बताएका छन्।