• बैशाख २२ २०८३, मंगलवार

गठबन्धन गरे सबै सिट जित्छौँ : देउवा

चैत्र १४ २०७८, सोमबार

काठमाडौँ। प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन गरेरै जानुपर्ने दृढता व्यक्त गरेका छन्।

तीन दिनदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा सोमबार आफ्ना भनाइ राख्दै प्रधामन्त्रीसमेत रहेका देउवाले गठबन्धन गर्नै पर्ने अडान दोहोर्‍याएका हुन्। २०७४ को निर्वाचनमा गठबन्धन नहुँदा आफूले पनि मुस्किलले जितेको भन्दै देउवाले अन्य धेरै नेताहरु पराजित भएको स्मरण पनि गराए।

‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ, गठबन्धन नगरेर हुन्छ?’, देउवाले बैठकमा भने, ‘गठबन्धन गरेर जाँदा हामी सबै जित्छौँ भन्या! ए!बाबा पहिला धेरै साथीहरू हारेका होइनन् र? जित्नका लागि गठबन्धन नगरे अर्को के उपाय छ ?’

उनले माओवादीसँग गठबन्धनलाई लिएर उठेका शंका पनि बैठकमा चिर्ने प्रयास गरेका छन्। ‘मलाई पनि पहिले माओवादीले गोली हानेकै हुन् नि!पुराना कुरा सम्झेर हुन्छ?’, देउवाले अगाडि भने, ‘त्यसकारण चाहिँ गठबन्धन गरेर जानुपर्छ, त्यसैगरी जाऔँ।’

उनले आफ्नो विचार र सिद्धान्तमा शंका नगर्न पनि अरु नेतालाई भने,’मेरो आइडोलोजीमा शंका नगर्नुस, ‘म धेरै लडेको मान्छे हुँ, म अब पार्टी सभापति हुने पनि होइन। तपाईँहरु जो जो हुने हो हुनुहोस्।’