काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउन चलखेल भइरहेको बताएका छन्। सोमबार रोल्पाको सातदोबाटोमा ‘जनयुद्ध स्मृति टावर’ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
उनले भने, ‘गठबन्धन टुटाउन चलखेल भए, अहिले भइरहेका पनि छन्। तर आगामी निर्वाचनमा रेकर्ड बनाएर जानुपर्छ।’