• श्रावण १५ २०८३, शुक्रबार

पदका लोभीहरूले माओवादी पार्टी छाडेका हुन् : शिक्षामन्त्री पौडेल

चैत्र १३ २०७८, आईतवार

बागलुङ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदका लोभीहरूले मात्रै माओवादी पार्टी छाडेको टिप्पणी गरेका छन।

नेकपा (माओवादी केन्द्र) जैमिनी नगरपालिका बागलुङद्वारा  आज आयोजना गरिएको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले माओवादीबाट एमालेमा गएका पूर्वमाओवादी नेताहरूतर्फ लक्षित गर्दै पदका लोभीहरूले मात्रै पार्टी छाडेको टिप्पणी गरे।

उनले देशको परिर्वतनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न आवश्यक रहेको बताउदै माओवादीबाट गएका केही नेताहरूले माओवादीलाई नै सरापेको देख्दा आफू अचम्म परेको बताए ।