काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको मागबारे चर्चा गरिएको छ ।
बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्री शर्माले अर्थतन्त्र सुधार गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने बताए ।
व्यापार घाटा बढ्दै गएको र अर्थतन्त्र ओरालो लागेको अवस्थामा सुधारको प्रयास नभएकाले अर्थमन्त्रीलाई मन्त्रीबाट हटाउनुपर्ने माग आफुले राखेको केन्द्रीय सदस्य प्रकाश स्नेहीले बताए।