दार्चुला । भारतीय पक्षले नेपालसँग समन्वय नगरेर महाकालीमा जथाभावी रुपमा तटबन्ध निर्माण गरिरहेकोमा नदीको धार परिवर्तन गर्न भारतीय स्काभेटर नेपालतर्फ आएपछि सशस्त्र प्रहरी बलले स्काभेटरको चाबी नियन्त्रणमा लिएको छ।
भारतीय स्काभेटर नेपालतर्फ आएपछि चाबी खोसेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।
नेपालसँग समन्वय नगरी भारतीय स्काभेटर नेपालतर्फ आएपछि चाबी खोसेको उनले बताए। चाबी खोसिएपछि चालकले ‘डाइरेक्ट स्टार्ट’ उक्त स्काभेटर फिर्ता लगेका छन् ।