महोत्तरीबाट श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित आइतबार दुइजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा औराही नगरपालिका २ बस्ने २१ वर्षीय धीरजकुमार यादव र सोही ठाउँ बस्ने १८ वर्षीय रामशरण यादव रहेका छन्।
बर्दिबास-जलेश्वर सडकखण्डमा ज ९ प ८२४७ नम्बरको मोटरसाइकललाई रोकेर प्रहरीले जाँच गर्ने क्रममा धिरजकुमारले बोकेको कालो कपडाको झोलामा ५५ लाख नगद भएको र उनले स्रोत खुलाउन नसकेपछि नियन्त्रण लिएको प्रहरीले जनाएको छ।
अहिले उनीहरूमाथि थप अनुसन्धान गर्न भन्सार कार्यालय जलेश्वरमा पठाएको प्रहरीले बताएको छ।