• बैशाख २२ २०८३, मंगलवार

चिनियाँ विदेशमन्त्री वाङ यीद्वारा पोखरा विमानस्थलको साँचो हस्तान्तरण

चैत्र १२ २०७८, शनिबार

काठमाडौं । चीन सरकारद्वारा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

शनिबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खडकालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन् ।

उक्त विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।