• बैशाख २३ २०८३, बुधबार

गैरआवासीय नेपालीको सीप र पूँजीलाई मुलुकको हितका लागि उपयोग गर्न राष्ट्रपतिको आग्रह

चैत्र १२ २०७८, शनिबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पूँजीलाई मुलुकको हितका लागि उपयोग गर्न आग्रह गरेकी छन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को १०औँ विश्व सम्मेलनलाई आज सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामु चिनाउन गैरआवासीय नेपालीले खेलेको भूमिकाको प्रशंसा गर्दै उनीहरुले प्राप्त गरेको ज्ञान, सीप र पूँजीलाई मुलुकको हितका लागि उपयोग गर्न आग्रह गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारी, विनाशकारी भूकम्प जस्ता विपद् र अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गरेर एनआरएनएले आफ्नो भूमिका बढाएकोमा प्रशंसा गर्दै यो क्रम अझ जारी राख्नुपर्नेमा जोड दिएकी छन् ।