काठमाडाैं । हलेसी तुवाचुङ नगरपालिकाले छोरी जन्मिनासाथ छोरीको नाममा १२ हजार रुपैयाँ दिने गरेको छ ।
नगरपालिकाले ‘बालिका बचत’ कार्यक्रमअन्तर्गत १२ हजार बालिकालाई उक्त रकम दिने गरेको हो । नगरपालिकाले वर्षमा ४ हजारका दरले तीन वर्षमा १२ हजार रकम बालिकाको बैंक खातामा जम्मा गरिदिने र सो रकम बालिकाले १५ वर्ष पूरा भएपछि मात्र निकाल्न पाउने व्यवस्था छ।
सम्बन्धित वडा कार्यालयमा छोरीको नाममा बैंकमा खाता खोल्ने र आमा गर्भवती हुँदा नियमित स्वास्थ्य परीक्षण गरेको र बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामा सुत्केरी भएको प्रमाण उपलब्ध गराएपछि वडाले सिफारिस दिनेछ।
वडाको सिफारिसका आधारमा नगरपालिकाले सम्बन्धित बालिकाको नाममा रकम जम्मा गरेर सम्बन्धित आमालाई बैंक भौचर दिने गरेको नगरपालिकाले जनाएको छ।