• बैशाख २२ २०८३, मंगलवार

मधेस सरकारका मन्त्रीहरूलाई प्रदेशसभा बैठकमा उपस्थित हुन रुलिङ

चैत्र ११ २०७८, शुक्रबार

जनकपुरधाम ।  मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले मधेस सरकारका मन्त्रीहरूलाई आगामी बैठकमा उपस्थित भएर जवाफ दिन रुलिङ गरेका छन् ।

सभामुख यादवले उपस्थितिका लागि अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री, पर्यटन तथा वन मन्त्रीका नाममा रुलिङ गरेका हुन् ।

पटक पटक स्थगित भएर पुन: सञ्चालनमा आएको प्रदेशसभा बैठकमा सांसदहरूले संसदीय कोष, जनता आवास कार्यक्रम, विनियोजित बजेट निकासा नभएको भन्दै आपत्ति जनाएपछि सभामुख यादवले सो रुलिङ गरेका हुन् ।