• बैशाख २२ २०८३, मंगलवार

१० वर्षसम्म सर्वदलीय सहमतिको सरकार बनाउन डा. भट्टराईको प्रस्ताव

चैत्र ११ २०७८, शुक्रबार

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले १० वर्षसम्म सर्वदलीय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् ।

काठमाडौँमा जारी अर्थशात्रीहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले संसदीय प्रणालीबाट देशको मुहार फेर्न नसकिने बताउदै सर्वदलीय सरकारले मात्रै देशको मुहार फेर्ने धारणा राखेका हुन् ।

‘देशको अर्थतन्त्रलाई बलियो बनाउन मेरो विचारमा १० वर्षसम्म सर्वदलीय सहमति सरकार बनाएर जाऊ, नभए प्रत्यक्ष राष्ट्रपतीय सरकार बनाउन लागौं तर यो संसदीय प्रणालीबाट देशको मुहार फेर्न सकिन्न’ भट्टराईले भने ।