• बैशाख २२ २०८३, मंगलवार

कसैले कमजोर सोच्दैमा माओवादी केन्द्र कमजोर हुँदैन : प्रचण्ड

चैत्र ११ २०७८, शुक्रबार

चितवन ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी माओवादी केन्द्रलाई कसैले कमजोर नसोच्न बताएका छन् ।

प्रचण्डले  देशको शसक्त र निर्णायक शक्ति आफ्नो पार्टी भएकोले कसैले कमजोर सोच्दैमा आफ्नो पार्टी कमजोर नहुने बताएका हुन् ।

शुक्रवार नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र चितवन जिल्ला संयोजन समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले सिङ्गो पार्टीलाई निर्वाचन केन्द्रित कार्यक्रम बनाएर निर्वाचनमा एक ढिक्का र सशक्त भएर निर्वाचनमा होमिन नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले माओवादी केन्द्र नेपाली राजनितिमा हिजो पनि केन्द्रमै रहेको र आज र भोलि पनी केन्द्रमै हुने बताउँदै देशका लागि सशक्त  ढंगले प्रतिकार र मुकाबिला गर्न आग्रह गर्दै  संबिधानको रक्षा र मुलुकको समृद्धि माओवादी केन्द्रबाट मात्रै सम्भव भएको समेत बताए ।