• बैशाख २३ २०८३, बुधबार

काठमाडौँमा श्रीमानद्वारा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

चैत्र ११ २०७८, शुक्रबार

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा एक जनाले धारिलो हतियारको प्रयोग गरी श्रीमतीको हत्या गरेका छन्। उदयपुर कटारी घर भइ हाल चुनिखेल बस्दै आएका २१ वर्षीय भक्त बहादुर थापाले आफ्नै श्रीमती २४ वर्षीया लक्ष्मी तामाङ(थापा)माथि धारिलो हतियार प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

गएराति सामान्य घरायसी बिबाद हुँदा भक्तले धारिलो हतियार (दाउ) प्रहार गरेको प्रहरीले जनाएको छ। हतिहर प्रहारबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारको लागि चुनिखेलस्थित करुणा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनालगत्तै फरार रहेका भक्तलाई पक्राउ गरेर महानगरीय प्रहरी प्रभाग, बूढानिलकण्ठमा राखिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।