• बैशाख २३ २०८३, बुधबार

माओवादी नेता वर्षमान पुन चीन प्रस्थान

चैत्र ११ २०७८, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि चीन गएका छन् । हिमालयन एअरलाइन्सको कार्गो जहाजमार्फत पुन पत्नी ओनसरी घर्तीका साथ चीन गएका हुन् । नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन गएका छन्।

पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनमा रहेको थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । उपचार पश्चात स्वास्थ्य लाभ गरी पुन गत माघ १० गते स्वदेश फर्किएका थिए ।

स्वास्थ्य अवस्था सामान्य रहे पनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले जान लागेको पुन पत्नी घर्तीले जानकारी दिइन् ।

पुन स्वास्थ्य जाँच गरी चार दिनपछि स्वदेश फर्कने कार्यक्रम छ ।