• बैशाख २३ २०८३, बुधबार

कास्की जिल्ला अदालतको ढोका तोडफोड,मिसिल चोरी भएको आशंका

चैत्र ९ २०७८, बुधबार

कास्की । कास्की जिल्ला अदालतको ढोका तोडफोड भएको छ । गए राति मङ्गलवार अदालतको ६ नम्बर इजलासको ढोका फोडिएको हो । घटनाबारे अनुसन्धान सुरु भएको छ ।

बिहान सफा गर्ने बेलामा कर्मचारीले थाहा पाएको र मिसिल रहेको दराजको ढोका खुलेको अवस्थामा भेटिएको अदालतका सूचना अधिकारी निल पनेरुले बताए । पनेरुका अनुसार नयाँ भवन भएकोले सीसीटीभी क्यामेरा राखिएको थिएन ।

प्रहरीले प्रमाण मिसिल चोरी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । तोडफोडमा प्रयोग भएको फलामको रड फेला परेको र फिङ्गर प्रिन्ट हेरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।