• बैशाख २३ २०८३, बुधबार

यातायात विभागले सच्यायो सूचना- अनिश्चितकालका लागि होइन,भोलि बिहानसम्मका लागि मात्रै हो

चैत्र ९ २०७८, बुधबार

काठमाडौं ।   यातायात व्यवस्था विभागले आज जारी गरेको सूचना सच्याएको छ ।

सूचनामा देशभरका यातायात कार्यालयबाट दिइने सेवा अनिश्चितकालका लागि बन्द गर्ने जनाइएको थियो । विभागले सो सूचना सच्याउदै आज बुधबार दोस्रोपटक सूचना जारी गर्दै विद्युत् आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले बुधबार अपरान्ह ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि मात्रै सेवा अवरुद्ध हुने जनाएकाे हाे ।

संशोधित सूचनामा उक्त अवधिभर यातायात कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द हुने विभागका प्रवक्ता लोकनाथ भुसालले बताएका छन् ।