• बैशाख २२ २०८३, मंगलवार

एमाले केन्द्रीय कमिटी बैठक: ११ एजेण्डा पेश,भोलि ९ वटामा छलफल हुने

चैत्र ९ २०७८, बुधबार

काठमाडौं । आज बुधबारदेखि सुरु भएको नेकपा एमालेको  दुई दिने केन्द्रीय कमिटि बैठकमा ११ एजेण्डामाथि छलफल अघि सारिएको छ ।

आज बैठकमा पेश गरिएका ११ वटा एजेण्डामध्ये भोलि (बिहीबार) ९ वटा एजेण्डामा छलफल हुने एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । यस्तै बैठकका अन्य एजेण्डामा सातै प्रदेशका प्रतिनिधिले संख्यात्मक र राजनीतिक प्रतिवेदन पेश गर्ने, पार्टी महासचिवले हेडक्वाटरको रिपोर्ट पेश गर्ने, अध्यक्षले राजनीतिक परिवर्तन बारे पार्टीको धारणा राख्ने, विभागहरुको गठन, स्थानीय तहको निर्वाचनको लगि सिफारिस प्रक्रिया र मापदण्ड, स्थानीय निकायको घोषणापत्र तयारी गर्ने, पार्टी स्थापना दिवस मनाउने लगायतका रहेका थिए ।