• बैशाख २३ २०८३, बुधबार

यातायात कार्यालयका सबै सेवा अनिश्चितकालका लागि बन्द

चैत्र ९ २०७८, बुधबार

काठमाडौँ। यातायात व्यवस्था विभागको सर्भरहरूमा विद्युतीय समस्या देखिएपछि यस अन्तर्गतका सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने भएको छ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार आज अपरान्ह ५ बजेदेखि सेवा बन्द गर्ने निर्णय गरिएको छ।

सर्भरहरूमा देखिएको समस्या समाधान भएपछि मात्रै यातायात कार्यालयहरूले सेवा दिन सुरू गर्ने उनले बताए।

यसबाट सेवाग्राहीलाई परेको असुविधाप्रति कार्यालयले क्षमा मागेको छ।