• बैशाख २३ २०८३, बुधबार

लेटाङ घटना : पाँच सदस्यीय छानबिन समिति गठन

चैत्र ९ २०७८, बुधबार

काठमाडौँ। मोरङको लेटाङमा एक जना प्रहरी जवानको ज्यान गएको घटनाको छानबिन गर्न समिति गठन भएको छ। प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नवीन राईका अनुसार एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो।

समितिले सत्यतथ्य छानबिन गरेर प्रतिवेदन बुझाएपछि दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए।

लेटाङ–५ को शिक्षा विकास माविका एक शिक्षकले १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको भनिएको घटनाबाट सिर्जित तनावमा झडप हुँदा गत आइतबार प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । घटनामा २५ प्रहरी र ७ जना सर्वसाधारण घाइते भएका छन्।