• बैशाख २२ २०८३, मंगलवार

स्थानीय तह निर्वाचनमा मिलेर जाऔं भन्दै पृथ्वी सुब्बालाई डा.भट्टराईको प्रस्ताव

चैत्र ८ २०७८, मंगलवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आज नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग भेट गरेका छन् ।

भेटका क्रममा स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन भनेर बस्ने अवस्था नरहेको बताउदै भट्टराईले स्थानीय चुनावमा मिलेर जाने बातावरण बनाउनुपर्नेमा जोड दिए ।

‘केपी ओलीले संविधानमाथि संकट ल्याउन लाग्यो भनेर लागेकै हो । प्रतिगमन भनेकै हो । तर अब प्रतिगमन भनेर बसिरहनु पर्दैन भन्दै भट्टराईले एमालेविरुद्ध गठबन्धन बनाएरै लागेपनि अब नयाँ परिस्थिति अनुसार निर्णय लिनुपर्ने बताए ।

जवाफमा गुरुङले पनि एमाले तयार रहेको बताउदै आवश्यकताको आधारमा गठबन्धन गर्ने भन्ने पक्षमा रहेको बताए ।