• बैशाख २२ २०८३, मंगलवार

राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी

चैत्र ८ २०७८, मंगलवार

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा मंगलवार तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेकी हुन् । सरकारले अध्यादेश ल्याएर कानूनी आधार तयार गरेको हो । नेपालमा रेल सञ्चालन र कर्मचारी नियुक्ति सम्बन्धी व्यवस्था सहितको अध्यादेश जारी भएको हाे ।

जनकपुर–जयनगर रेल सञ्चालनको टुंगो भने अझै हुन सकेको थिएन । सरकारले गत मंसिरमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो । त्यसबेला जारी गरेको अध्यादेश संसदमा जान नसकेर फेल भएको थियो ।

त्यसअघि सरकारले २०७८ वैशाखमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो ।