• बैशाख २२ २०८३, मंगलवार

स्थानीय तह निर्वाचनबारे जानकारी लिन चहानुहुन्छ ? ११०२ नम्बरमा कल गर्नुहोस्

चैत्र ८ २०७८, मंगलवार

काठमाडौं ।  निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनबारे जानकारी लिने तथा चुनावका बारेमा जिज्ञासा भए नि: शुल्क फोन गरेर जानकारी लिन सक्ने बताएको छ । आयोगले यसका लागि कल सेन्टरको स्थापना गर्ने भएको छ ।

आयोगले ११०२ नम्बर खुला गर्ने तयारी गरेको आयोगले जनाएको छ । सो नम्बरमा फोन गरेर आगामी चुनावका बारेमा जिज्ञासा तथा प्रश्न सोध्न सकिने जनाइएको छ  ।

कल सेन्टरको नम्बरमा फोन गरेर मतदाता तथा राजनीतिक दलका नेता/ कार्यकर्ताले सूचना जानकारी लिन सक्ने तथा आचार संहिता उल्लंघनका घटनाबारे समेत उजुरी दिन सक्ने बताइएको छ ।