• बैशाख २२ २०८३, मंगलवार

एमालेको लोकप्रियता दिन प्रतिदिन बढ्दै छ : ओली

चैत्र ८ २०७८, मंगलवार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले दिन प्रतिदिन लोकप्रियता हासिल गरिरहेको दाबी गरेका छन्।

एमाले पार्टी कार्यालय काठमाडौँमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले सबैलाई समेटेर लान सक्ने एक मात्र पार्टी एमाले भएको भन्दै एमालेमा प्रवेश गर्ने व्यक्तिहरूको लहर चलेको दाबी गरे ।

अध्यक्ष ओलीले एमाले कुनै वर्ग विशेषको पार्टी नभएकाले सबै क्षेत्रका समस्याको पहिचान गरी समाधान गर्न सधैँ तयार हुने पनि बताए ।