• बैशाख २३ २०८३, बुधबार

पल शाह विरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता

चैत्र ८ २०७८, मंगलवार

काठमाडौँ । अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएको छ। शाहले एक नाबालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँले शाहविरुद्धको अनुसन्धान सकाएर मंगलबार (आज) अदालतमा मुद्दा दर्ता गरेको हो ।

शाहलाई प्रहरीले २१ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर सोमबार प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

पललाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय माग दाबीसहित अभियोगपत्र दायर भएको सरकारी वकिल कार्यालयले जनाएको छ। क्षतिपूर्ति भने उमेर हेरेर माग दाबी गरिने जनाइएको छ ।

यसअघि शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ । यस्तै, शाहका म्यानेजर कृष्ण जोशीलाई भने पललाई मागिएको सजायको आधा सजाय माग गरिएको छ ।